चितवन, मंसिर ११ –
युवा रेडक्रस सर्कल सनराइज इङ्लिस सेकन्डरी स्कुलले विद्यालयको ३७औँ वार्षिकोत्सवको अवसर पारेर ४७औँ आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १४ महिलासहित ७५ जनाले रक्तदान गरेका छन् ।
सर्कलकी अध्यक्ष प्रमन तिवारीको सभापतित्व तथा सनराइज स्कुल चितवन प्रालिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले, शिक्षक अभिभावक संघका अध्यक्ष माधव अर्याललगायतको सहभागिता रहेको थियो ।
युवा रेडक्रस सर्कल सनराइजका शिक्षक नायक चोलाकान्त बस्ताकोटीको संयोजनमा सञ्चालित कार्यक्रममा विद्यालयका सहप्राचार्य भूमिराज तिवारीले रक्तदाताहरूलाई स्वागत गरेका थिए भने विद्यालयका प्राचार्य शिवकुमार बगालेले रक्तदानको मह¤वबारे चर्चा गरेका थिए ।