चितवन, मंसिर ७
रामपुर क्याम्पसका दुई जना विद्यार्थी कुटपिटबाट गम्भिर घाइते भएका छन् । ६ औं संत्रान्तको farm power and machinery को प्रयोगात्मक कक्षा पढ्दै गरेका विनोद भण्डारी र ज्ञानेन्द्र कुँवरलाई केही विद्यार्थीले कुटपिट गरेका हुन् । ति कुटपिट गर्ने विद्यार्थीहरु नेवि संघमा आवद्ध भएको अनेरास्वियुले जनाएको छ ।
नेवि संघले योजनावद्ध रुपमा अनेरास्वियुका साथीहरु माथि आक्रमण गरेका कुरा अनेरास्वियु कृषि क्याम्पस संकायका अध्यक्ष सक्षम काफ्ले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । यस विषयमा प्रहरीले थप सूचना भने दिसकेको छैन ।
अनेरास्वियुले विज्ञप्ति जारी गर्दै, कृषि तथा वन विज्ञान विश्वविद्यालय संकायका डिन र प्राध्यापक द्वारा संरक्षित नेवि संघका अध्यक्ष निकेश शर्मा लगायत विधान पोख्रेल, प्रदीप कुस्वा, शैलेश जंग कुँवर, प्रदीप श्रेष्ठ, अमन जोशी, सन्तोष सापकोटा, राजन विश्वकर्मा, स्पर्श नहर्की, सौरभ पौडेल, प्रितम भण्डारी लगायतका विद्यार्थीहरुले कायर गुण्डाशैलीमा ६ औं संत्रान्तको को प्रयोगात्मक कक्षा पढ्दै गरेका हाम्रो संगठनका होनहार विद्यार्थीहरु विनोद भण्डारी र ज्ञानेन्द्र कुँवरलाई नेवि संघका कायर नेतृत्वले हिंसक मानसिकता भएको आफ्नो संगठनको टोले गुण्डाको सहयोग लिई योजनाबद्ध ढंगमा कक्षा कोठाबाट निकालेर नक, रड लगायतहरुले ज्यानमार्ने हेतुले टाउको र ढाडमा प्रहार गरी गम्भीर घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।