भरतपुर, कात्तिक २८
भरतपुर महानगरपालिका वडा नं-१४, प्रचण्डटोलमा शौचालयमा लडेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
भरतपुर-१४ बस्ने सूर्यबहादुर गुरूङको २३ वर्षीय पूर्णबहादुर गुरूङ आफ्नै घरको शौचालयअगाडि लडिरहेको अवस्थामा निजका श्रीमती मलिका गुरूङले देखेर उपचारको लागि भरतपुर सरकारी अस्पतालमा लगेकोमा मंगलबार राति ११ः१० बजे डाक्टरले मृत घोषणा गरेका हुन् ।
मृतकको शव भरतपुर सरकारी अस्पतालमा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।