चितवन, २२ कात्तिक
माडीको बैकुण्ठ तालमा डुबेर एकजना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका १६ गरिमा टोलका ३५ वर्षिय अर्जुन गौतम बेपत्ता भएका हुन् ।
माडी नगरपालिका ८ स्थित तालमा बिहिबार दिउसो घुम्न गएका गौतम ताल नजिकै रहेको ढुंगामा चढेर फोटो खिच्ने क्रममा चिप्लिएर खस्दा तालमा बेपत्ता भएका हुन्।
उनको खोजीका लागि विपद् व्यवस्थापन टोलीसहितको प्रहरी परिचालन गरिएको छ।