चितवन, २२ कात्तिक
भरतपुरमा बोलेरो गाडी,मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। स्कुरमा सवार इच्छाकामना गाउँपालिका ५ बस्ने ३७ वर्षिय रामकुमारी गुरुङ (विन्दु)को मृत्यु भएको हो । उनि इच्छाकामना गाउँपालिकामा कार्यरत अनमी रहेको खुलेको छ ।उनि विगत सात वर्षदेखि पालिकामा अनमिको रुपमा कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
आज (बिहिबार) बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा इच्छाकामना गाउँपालिका ५ बस्ने स्कुटर चालक ३१ वर्षिय सोजन शेरचन गम्भिर घाइते भएका छन् । यस्तै मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका २४ का ३१ वर्षिय हरिशरण थापामगर पनि घाइते भएका छन् ।
घाइतेहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले तीनवटै सवारी साधन र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको छ ।