चितवन, १४ कात्तिक
नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका नवलपुरको मध्यविन्दु–४, मदनपुर निवासी २१ वर्षीय सिद्धार्थ बस्नेतको शव ३ दिनपछि त्रिवेणीमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार बस्नेतको शव मंगलबार विनयी त्रिवेणी–६ को झोलुङ्गे पुलनेर नारायणी नदीमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
नवलपुरको मध्यबिन्दु–२, बलघट्टास्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा सिद्धार्थ बस्नेत बेपत्ता भएका थिए । ३ जना साथीसँग नदीमा नुहाउन गएका बस्नेत बेपत्ता भएपछि उनको खोजी गरिएको थियो । शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।