चितवन, १२ कात्तिक
रास्वपा चितवनको आन्दोलन जारी छ। राजनीतिक प्रतिशोध बिरुद्द आज चितवनको रत्ननगरमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा हरि ढकाल पनि उपस्थित छन्। ढकाल चितवन क्षेत्र न १ का सांसद पनि हुन्।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘कर छल्नेलाई कारबाही गर’, ‘मिडिया ट्रायल बन्द गर’, ‘माफियाहरूलाई कारवाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘नडराउ रवि दाई-जनता तिम्रो साथमा छ’, ‘रवि दाइ हाइ हाइ’ लगायतका नारा लगाए ।
रास्वपा चितवनले नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ ।