चितवन, कार्तिक १२ –
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेल भोलि चितवन आउने भएका छन् ।
नेकपा एमाले चितवनद्वारा आयोजित नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजना हुन गइरहेको शुभकामना आदान–प्रदान कार्यक्रमका लागि महासचिव पोख्रेल चितवन आउन लागेका हुन् ।
भोलि बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा महासचिव पोख्रेलले संवोधन गर्ने एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए । शुभकामना कार्यक्रम एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा हुने छ ।
वर्षेनी नेकपा (एमाले) चितवनले शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने गरेको छ । दशैं अगाडि बाढी पहिरोले देश शोकमा डुबेका कारण एमालेले शुभकामना कार्यक्रम गरेको थिएन । अहिले दशैंपछि गर्न लागिएको अध्यक्ष पाठकले जानकारी दिए ।
उनले शुभकामना कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेका छन् ।