चितवन, ७ कात्तिक
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् ।
उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको हो ।
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा दाहसंस्कार गरेको थियो । सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ ।