चितवन, असोज २७-
केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ ।
स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु¥याएको छ ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्नुहुन्छ, “मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पु¥याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन् ।”
खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उहाँको भनाइ छ ।
नगरप्रमुख महतोसँग राससका प्रतिनिधिले बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा भएको क्षति तथा पुननिर्माणका प्राथमिकताबारे गरेको कुराकानीको सम्पादित अशं:-
बाढी र डुवान घटेपछि नगरपालिकासँग भएका डोजर र स्काभेटरसहितका उपकरण प्रयोगलाई प्राथमिकता निर्धारणको कार्ययोजना बनाई सडकमा दसैँका बेला कम्तीमा पनि दमकल, एम्बुलेन्स र पाहुनालाई घरसम्म पुग्न सक्ने गरी सडक तयार गरिएको उहाँले बताउनुभयो । तथापी, यस क्षेत्रमा रहेका ठूला खोलामा क्षति भएका पुललगायतका संरचनामा स्थानीय तहको बजेट प्रयोग गरी तत्काल निर्माण गर्न सक्ने सम्भावना नभएको उहाँले बताउनुभयो ।
त्यसका लागि सङ्घ र प्रदेशको सहयोग चाहिन्छ । केही दिनका भगिरथ प्रयासपछि अहिले सामान्यतया सडक यातायात आवत–जावत गर्न सकिने अवस्था सिर्जना गरिएको उहाँले बताउनुभयो ।