चितवन , १७ असोज
ह्वाईट हाउस एजुकेशनल नेटवर्क प्रा लि चितवनले आफ्नो शाखा रत्ननगरको टाँडी चोकमा विस्तार गरेको छ । भरतपुर १० चितवनमा केन्द्रिय कार्यालय रहेको सो संथाले दशैको अवसर पारेर घटस्थापनाको दिनमा शाखाको समुद्घाटन गरेको हो ।
समारोह लाई रिवन काटेर हवाईट हाउस एजुकेशनलका प्रवन्ध निर्देशक रमेश शर्माले उद्घाटन गर्नु भएको थियो ।
उक्त समारोहमा विभिन्ना , व्यवसायी तथा उद्योगीहरुको उपस्थिति रहेको थियो ।
संथाले भरतपुरमा जस्तै टाँडी शाखामा पनि आईएलटिएस भाषा शिक्षा तथा वैदेशिक अध्ययन सम्बन्धि परामर्श सेवा प्रदान गरिने कुरा उक्त शाखाकी व्यवस्थापक पुजा भाटले जानकारी दिनुभयो ।