चितवन, १२ असोज
अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएको छ। शुक्रबारदेखि सुरु भएको बाढी आउनेक्रम अझै रोकिएको छैन ।
नारायणी नदीले शुक्रबारदेखि नै जलसतहले सतर्कता तह पार गरेको थियो । अहिले खोला किनारका सयौं बस्तीमा पानी पसेको छ ।
नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको छ ।
पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।