नवलपुर, असोज ६-
नवलपुरको गैँडाकोटमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
नवलपुरको गैँडाकोट ६ नगर वन निवासी ५५ वर्षीय नेप्ते कुमाललाई घाँस काट्न जाँदा गैडाले आक्रमण गरेको हो ।
गैँडाको आक्रमणबाट कुमालको ढाँडमा चोट लागेको छ ।
उनको भरतपुर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।