काठमाडौँ, असोज १-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।
मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा उनले विभागलाई पूर्णता दिन निरन्तर प्रयास भइरहेको बताए ।
यस्तै ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए ।
उनले पार्टीको विधि विधानमा साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।
















