चितवन, असोज १-
नारायणी नदी किनारमा दुई वटा गाई मृत फेला परेका छन् । भरतपुर महानगरपालिका–४ गैंडाचोकस्थित नदी किनारमा मरेका दुई वटा गाई सोमवार बेलुका फेला परेका हुन् ।
कसैले मरेका गाईहरु त्यहाँ ल्याएर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार गाईको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । गाईलाई भगवानको रुपमा समेत पूजा गरिने भएकाले कुनै कारणले मरिहाले पनि त्यसरी फाल्न नपाइने उनले बताए ।
घटनाको विषयमा प्रहरीले केहि क्लु फेला पारेको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए ।
















