काठमाडाैं, भदौ २८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने ।