भदौ २२, चितवन
विगत १६ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रुपमा क्रियाशिल रहँदै आइरहेको मेटस इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले भरतपुर-११, बसेनी स्थित मन्जुश्री असहाय संरक्षण केन्द्रमा आफ्नो गौरवशाली १६ औं वार्षिकोत्सवको अवसरमा खाद्यान सामग्री हस्तान्तरण गरेको छ ।
वि.स. २०६४ सालमा काठमाडौंको पुतलिसडकमा मुख्य कार्यालय स्थापना गरि आफ्नो सेवा शुभारम्भ गरेको मेट्सले २०६५ सालमा पहिलो शाखा चितवनमा स्थापना गरेको थियो।
शहीदचोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनलको १६ औं वार्षिकोत्सवको अवसरमा सो खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
मेट्स इन्टरनेशनलले संसारभरि जस्तो सुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा विद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि कलेज र बिश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि सहि परामर्श दिदै आएको छ।
उच्च शिक्षा अध्ययनका लागि युके,अष्ट्रेलिया,क्यानडा , युएसए, न्युजिल्याण्ड, आयरल्याण्ड लगायतका बिभिन्न देशहरु जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रकृया सहजीकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटिइका कक्षाहरु सन्चालन गर्दै आइरहेको मेट्स इन्टरनेशनलले स्थापनाकाल देखि नै समाजसेवाको क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।













