Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै

काठमाडौं भदौ २० ,
हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ ।

दर खाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

तीज र दर खाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् ।

शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।

ज्योतिषाचार्य एवम् वास्तुविद् पण्डित नारायणप्रसाद दुलालका अनुसार धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाकै दिन दर खाई तृतीयामा व्रत तथा पूजाको प्रभावले महादेव स्वामी पाएको विश्वास छ । ‘त्यसैले दर खाने दिनले सामाजिक, सांस्कृतिक, र धार्मिक दृष्टिकोणले विशेष महत्त्व राख्दछ,’ उनले भने ।

तीजको दिन भोले बाबाको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा व्रतालुको ध्यान भोक र भोजनतिर जाने भएकोले पूर्ण ध्यान भगवानमा मात्र जाओस् भन्ने उद्देश्यले अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण दरिलो परिकार भोजन गर्ने चलन छ ।

परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरू सबैजना एक ठाउँमा भेला भएर विशेष रूपमा गीतसङ्गीत, नृत्य र भजनकीर्तनको पनि आयोजना गरिन्छ । यो दिन पारिवारिक वातावरणलाई अझ रमाइलो बनाउँछ । यो समयमा परम्परागत गीतहरू पनि गाइन्छन् जसमा दुःख, सुख र भावनाहरू व्यक्त हुन्छन् ।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।

स्थान अनुसार दरखाने परिकारहरू फरक-फरक छन् । त्यस्तै आधुनिकतासँगै परिकारहरूमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् ।

सहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक, तामसी तथा मदिरायुक्त भोजन समावेश हुन थालेको देखिन्छ । यो दरको नाममा विकृति भएको ज्योतिषाचार्य दुलाल बताउँछन् । ‘दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा असर पुर्याउँछ नै, समाज र स्वास्थ्य समेत खलबलिन्छ,’ दुलाल भन्छन्, ‘यसले बालबच्चा र नयाँ पुस्तालाई नराम्रो असर पारेको देखिन्छ, त्यसैले विकृति, विसङ्गति र खानपिनप्रति सचेत हुन आवश्यक छ ।’

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

ताजा समाचार

सबै

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech