काठमाडौं, भदौ १९-
स्थानीय बजारमा आज सुन मंगलबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।