चितवन, १६ भदौ
भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सकिएको र सवारीसाधन संचालनमा आएको जानकारी दिनुभयो ।












