चितवन, १६ भदौ
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर एकस्थित आँपटारीमा ठूलो रुख र बिजुलीको पोल ढल्दा नारायणगढ-मुग्लिङ सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार केही बेर अघि राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको हो।
सडक खुलाउने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।












