चितवन, भदौ १३-
हरितालिका तिजको अवसरमा ‘घुमौँ भरतपुर’ शिर्षकमा अन्तर महिला समूह तिज गीत प्रतियोगिता हुने भएको छ । वे ग्रुप नेपाल भरतपुर–४ वडा कमिटीको आयोजनामा आगामी भदौ १४ गते तिज गीत प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा १५ वटा समूह सहभागी हुने कार्यक्रम संयोजक चन्द्रा आचार्यले जानकारी दिइन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समूहलाई वाद्यवाधनका सामाग्री र शिल्ड प्रदान गरिने उनले बताइन् । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
वे ग्रुपले लामो समयदेखि वातावरण र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । महानगरपालिकाले मनाइरहेको भरतपुर भ्रमण बर्षलाई सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको वे ग्रुपका अध्यक्ष भोजनारायण कडेंलले जानकारी दिनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजकमा देवलक्ष्मी सुनचाँदी पसल रहेको छ भने सह–प्रायोजकमा सेन्ट्रल कलेज, सोफा हब चितवन, जस्मिन पेन्ट्स लगायत रहेका छन् । भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालय प्रवर्द्वक रहेको छ भने नारायणी अनलाइन र चितवन पोष्ट दैनिक मिडिया पार्टनरका रुपमा रहेका छन् ।












