भरतपुर, भदौ ११-
परोपकारमुलक काममा सक्रिय सस्था स्पन्दन नेपाल भरतपुर चितवनले नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजको अवसरमा मंगलबार देवघाटधाम स्थित रामजानकी वालिका आश्रम (कन्या गुरुकुलम) मा रहेको नानीहरुलाई दर खुवाएको छ ।
पहिला छोरीहरुलाई दर खुवाउने अनि मात्रै आफुले तीज मनाउने भन्ने सोचका साथ स्पन्दन नेपालका अध्यक्ष अनिता खनालको अध्यक्षतामा लोक कल्याण सेवा प्रतिष्ठानद्धारा संचालित सो वालिका आश्रममा दर खुवाईएको हो ।
कार्यक्रममा स्पन्दन नेपालका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, उपाध्यक्ष मञ्जु कँडेल, सदस्य विमला घिमिरे, सल्लाहकार गोमा भट्टराई, सुभेच्छुक रामेश्वर खनाल, सावित्री टण्डन, सुधिरमणि भट्टराईलगायतको सहभागिता रहेको थियो ।
यसैगरी स्पन्दन नेपालले सोमबार कावासोती ८ सुदर्शन टोल निवासी पेटको क्यान्सर पीडित ४१ वर्षिय कबिता लम्साललाई १० हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो ।













