काठमाडौं, ६ भदौ
नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन एक हजार १०० रुपैयाँले घटेर कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।