Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक १६, २०८२
☰
Logo आइतबार, कार्तिक १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

चितवनमा बदलिँदो उच्च शिक्षाबारे बहस, खस्कँदो विद्यार्थी संख्याबारे चिन्ता

मधुसूदन दवाडी-
चितवन, भदौं १
पछिल्लो समयमा विद्यालय तहदेखि उच्च शिक्षासम्म विद्यार्थीको संख्या निरन्तर घट्दै गएपछि सरोकारवालाहरु चिन्तित भएका छन् । आज भरतपुरमा सम्पन्न ‘बदलिँदो परिस्थितिमा उच्च शिक्षा: पाठ्यक्रम, शिक्षण विधि, मूल्यांकन र नेतृत्व’ विषयक शैक्षिक गोष्ठीमा सरोकारवालाहरुले सो चिन्ता व्यक्त गरेका हुन् । गोष्ठीमा नेपालमा सन् २०१२/१३ मा १२ लाख ७६ हजार विद्यार्थी कक्षा १ मा भर्ना भएकोमा १० वर्षपछि कक्षा १० मा सन् २०२३ मा पाँच लाख १३ हजार ६०० ले मात्र कक्षा १० को परीक्षा दिइएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

त्यस्तै, विश्वविद्यालयमा पनि विद्यार्थीको पढाइ छाड्ने क्रम बढ्दै गएको र नतिजा पनि खस्कँदै गएको विभिन्न अनुसन्धानका तथ्यहरु प्रस्तुत गरिएको छ । क्याम्पसहरुमा वार्षिक परीक्षा प्रणालीमा भर्ना भएका विद्यार्थी मध्ये ५० प्रतिशत बढीले वीचमा नै पढाइ छाडेर विदेश जाने गरेको पाइएको छ ।
चितवनका सरकारी र निजी शिक्षण संस्थाका प्रमुखहरु सहभागी कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा. शारदा थपलियाले विद्यार्थीहरु नेपालमा नबस्ने चिन्ताको विषय भएको बताइन् । उनले उद्घाटन शत्रमा गोष्ठीको सफलताको शुभकामना दिँदै शिक्षामा रुपान्तरणको खाँचो रहेको विचार राखिन् ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा. बालचन्द्र लुँइटेलले राजनीतिक हस्तक्षेप, शिक्षामा केन्द्रिकृत मानसिकता, पढाइमा नतिजा प्रकाशनमा ढिलाइ जस्ता कारणले विश्वविद्यालयप्रति विद्यार्थीको विकर्षण बढेको विचार राखे । उनले भने, ‘ अब विद्यालयमा शिक्षकले भविष्य दिने होइन, निर्माण गर्नुपर्छ । हाम्रो विश्वविद्यालय र विद्यालय शिक्षामा सही नेतृत्वको अभाव छ । ’ क्याम्पसमा मात्र नभई विद्यालय तहमा पनि बिचमा नै पढाइ छाड्ने प्रवृत्ति देखिनु निकै दुःखद् भएको उनले बताए । उनले नेपालमा गएको विनाशकारी भूकम्प र कोभिडको कारणले पनि कतिपय बालबालिकाहरुले विद्यालय छाडेको हुन सक्ने विचार राखे । उनले भने, ‘ अझै पनि हाम्रो शिक्षण संस्थामा बालबालिकाहरुलाई पढाइमा हतोत्साही गर्ने परिपाटी मौलाएको छ । विद्यार्थीहरुलाई सामन्तको जस्तो व्यवहार गर्नु हुँदैन । शिक्षण विधि र मूल्यांकन पद्धतिमा ठूलो परिवर्तनको खाँचो छ ।’

 

प्रा.डा लुइँटेलले त्रिभुवन विश्वविद्यालयको जस्तै काम गर्ने हो भने नेपालमा अन्य विश्वविद्यालयको आवश्यकता नै नभएको बताए । उनले भने, ‘अझै प्रदेशमा पनि धमाधम विश्वविद्यालय खुल्दै छन् । नयाँ विश्वविद्यालय खुल्ने भन्दा पनि विश्वविद्यालयमा देखिएका समस्याहरु हल गर्नेतर्फ ध्यान जानुपर्छ । ’ समयमा काम नहुनु नै विश्वविद्यालयको मुख्य समस्या रहेको उनले विचार राखे । समयमा पढाइ नहुने, समयमा परीक्षा नहुने, बल्खु र डिन कार्यालयको झगडा लगायतका समस्याले त्रिभुवन विश्वविद्यालय थला परेको विचार उनले राखे । डा लुइँटेलले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय र फिलिपिन्सको विश्वविद्यालय जस्तै मोडलमा नेपालको सामुदायिक क्याम्पसहरुलाई अगाडि बढाउनुपर्ने विचार राखे ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका सहप्राध्यापक बसन्तराज लामिछानेले सहजीकरण गरेको समूहगत छलफलमा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.दायाराम पौडेलले व्यवस्थापनमा कमजोरी देखिएकोले विश्वविद्यालयहरु पछाडि परेको बताए । उनले सरकारी विद्यालयमा शिक्षक र सेवा सुविधा राम्रो हुँदा पनि उत्कृष्ट नतिजा नआउनु र बोर्डिङ स्कुलमा राम्रो नतिजा आउनु व्यवस्थापनकै कारणले भएको विचार राखे । उनले अब राजनीतिक प्रभाव कम हुँदै गएकोले विश्वविद्यालय राम्रो बन्छ भनेर आशावादी बन्न अनुरोध गरे । उनले भने, ‘ शिक्षक र प्राध्यापक राजनीतिक दलको झोला बोकेर हिडेकोले बिग्रिएको हो । राजनीतिक सोचलाई परिवर्तन गरेपछि सबै कुरा सुधार हुँदै जान्छ ।’ प्राध्यापक पौडेलले सरकारी क्याम्पस केही सुध्रिँदै गएको दाबी गरे । उनले रोजगारीको कमी र गरिबीका कारणले विद्यालय र विश्वविद्यालयको अध्ययन बीचमा छाड्नेको संख्या बढेको विचार राखे ।

त्यसैगरी समूहगत छलफलमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक डा कपिलदेव सुवेदीले वार्षिक प्रणालीका कार्यक्रम भन्दा क्याम्पसहरुमा वार्षिक प्रणालीमा विद्यार्थीहरुको पढाइ छाड्ने क्रम बढी रहेको बताए । उनले भने, ‘ परिवारबाट आर्थिक सहयोग भएको र धेरै खर्च गरिएका सेमेस्टरमा कम विद्यार्थीले मात्र पढाइ छाड्ने गरेका छन् । समयमा परीक्षा, समयमा नतिजा प्रकाशन र विभिन्न क्रियाकलाममा संलग्न गरेर अभिप्रेरित गर्न सके विद्यार्थीको नियमितता बढाउन सकिन्छ ।’
डा सुवेदीले सामुदायिक क्याम्पसहरु धेरै खुलेकोले पनि स्वामित्वको सवालमा अलमलमा रहेको बताए । उनले हिजोको पुस्ताले त्यसको स्वामित्व लिएर राम्रोसँग सञ्चालन गरे पनि अहिले भने सरकारले खासै चासो नदिएको बताए । उनले भने, ‘विश्वविद्यालयमा पाठ्यक्रम बनाउने एउटा, प्रश्न बनाउने एउटा र परीक्षामा कपी जाँच्ने अर्काे भएर समस्या भएको छ । एकै ठाउँबाट परीक्षा लिने र नतिजा प्रकाशन गर्ने प्रणालीलाई हटाउनुपर्छ ।’

त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय जगतपुरका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले विद्यालयहरुमा पनि विद्यार्थीको पढाइ छाड्ने क्रम बढ्नुमा बालबालिकाको आर्थिक सामाजिक अवस्थाको बारेमा अध्ययन गर्नुपर्ने बताए । उनले भने, ‘ राज्यले शिक्षामा गरेको लगानी गरिब समुदायको बालबालिकासम्म पुगेको छैन । गाउँको विद्यालयले भरतपुरको नारायणी माविसँग प्रतिस्पर्धा गर्नु परेको छ । यस्ता सामाजिक बाध्यता बुझ्नेतर्फ कसैको गम्भीरता देखिएन ।’

सापकोटाले अहिले युवाले देशमा कसैलाई पनि विश्वास गर्न छाडेको बताए । उनले भने, ‘ कुनै युवा वा विद्यार्थीलाई विदेश जानबाट रोक्न नै सकिँदैन । किताब र पाठ्यक्रम परिवर्तन गरेर मात्र हुँदैन शिक्षक, विद्यार्थी र अभिभावक सबै परिवर्तन हुन जरुरी छ ।’ उनले अहिले एसईईको नतिजामा ४०० भन्दा बढी विद्यार्थीको नतिजामा त्रुटि हुनु नै लाजमर्दाे विषय भएको विचार राखे । पाठ््यक्रम अनुसार प्रश्न नआउने, कतै परीक्षा दिएको विद्यार्थीको कपी नै हराउने जस्ता लापरवाहीले शिक्षण संस्थाप्रतिको विश्वास घट्दै गएको सापकोटाले बताए । सामूहिक छलफलमा सरोकारवालाहरुले देशको राजनीतिक अस्थिरता र बेथितिको मारमा विश्वविद्यालयसहित समग्र शिक्षण संस्था परेकोमा चिन्ता व्यक्त गरे ।

सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटा, सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुको विदेश पलायनले गर्दा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रभावित बनेको बताएका छन् । गोष्ठीमा चितवनका विभिन्न शिक्षण संस्थाका झण्डै १५० जना शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

Chitwan Aaja चितवन आज
आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए
`योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन
बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

ताजा समाचार

सबै

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

`योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते हुने

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग

सुनको भाउ बढ्यो, चाँदी घट्यो

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech