चितवन, भदौ १ –
भरतपुरको वीरेन्द्र क्याम्पस रोडमा मदिरा पसल आद्या लिक्वेर्स खुलेको छ । पूर्व सञ्चारकर्मी सविना लामिछानेले ‘आद्या लिक्वेर्स’ नामक मदिरा पसल खोलकी हुन् ।
उक्त मदिरा पसलको आज भजन गाएर उद्घाटन गरिएको छ । वीरेन्द्र क्याम्पस रोडस्थित दिपेन्द्र चोकमा अवस्थित डिप ड्रपको आउटलेटको रुपमा आद्या लिक्वेर्स खुलेको हो । डिप ड्रप उनका श्रीमान् राजिव भट्टराईले चलाईरहेका छन् ।
उद्घाटनको अवसरमा भदौ महिनाभरि बिक्रि मूल्यमा ५ प्रतिशत छुट दिइने लामिछानेले जानकारी दिइन् ।
भरतपुरको बजारमा मदिरा व्यावसाय फस्टाउँदै गएको पाइन्छ ।