Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक १७, २०८२
☰
Logo सोमबार, कार्तिक १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

चितवनमा खटिएका एमाले केन्द्रीय नेतालाई स्वागत : आगामि चुनावमा काँग्रेस नै प्रतिस्पर्धि हुने भनाइ

चितवन, साउन ३० –
नेकपा (एमाले) चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ ।

आज बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी तोकेर पठाएका केन्द्रीय कमिटीका नेताहरुलाई बधाई तथा स्वागत गरिएको हो ।

सो कार्यक्रममा बोल्दै पार्टी संगठन विभाग प्रमुख कांशिनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताएका छन् । पार्टी रि इन्जिनियरिङ् र रि शुद्धिकरणको अभियानमा रहेको उनले बताए । उनले अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउने बताएका छन् । अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइने उनको भनाइ छ ।

सैद्दान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ जिम्मेवारी सुम्पने उनको भनाइ छ । मैदानमा पठाएर नेता कार्यकर्ताको परीक्षण गर्ने प्रणाली पार्टीले विकास गरेको उनले बताए । पार्टी सदस्यता विस्तारमा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्न आग्रह गरे ।

यसैगरी पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले संविधान कार्यान्वयनका लागि काँग्रेससँग एमाले मिलेको स्पष्टिकरण दिँदै उनले आगामि चुनावमा भने काँग्रेस नै एमालेको प्रतिस्पर्धि हुने बताएका छन् । ०७९ मा अपेक्षित परिणाम प्राप्न हुन नसकेको बताउँदै उनले ०८४ मा पार्टी एक ढिक्का भएर लाग्न सकेमा पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ छ । ०८४ मा पनि सफलता प्राप्त गर्न सकिएन भने त्यो पार्टीकै आन्तरिक कारणले गर्दा प्राप्त गर्न नसिकएको हुने उनको भनाइ छ ।

कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, पोलिट ब्युरो सदस्य एवम् निवर्तमान चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै, पार्टीलाई हरेक टोलटोलमा मजबुत बनाउँदै लगेर आगामि चुनावमा पार्टी प्रथम हुने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्वागत कार्यक्रममा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी पोलिटब्युरो सदस्य देवि ज्ञवाली, नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य जेएन थपलिया, चितवन संघीय निर्वाचन क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सदस्यमा नियुक्त भई चितवन संघीय निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय भूमि व्यवस्था विभाग सचिवको जिम्मेवारी प्राप्त गरेका विजय सुवेदीलाई बधाई तथा स्वागत गरिएको हो ।

यसैगरी सोही अवसरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाललाई पनि बधाई तथा स्वागत गरिएको छ । यसैगरी प्रदेश कमिटीमा मनोनित भएका चितवनका नेताहरु र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशनबाट विभिन्न जिम्मेवारी पाएका चितवन भूगोलका नेताहरुलाई समेत बधाई तथा स्वागत गरिएको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रम सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन भूगोलका केन्द्र्रीय, प्रदेश र जिल्ला स्तरका नेतासहित जनवर्गीय संगठनका नेता कार्यकर्ताको उल्लासमय उपस्थिति रहेको थियो ।

    

Chitwan Aaja चितवन आज
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ताजा समाचार

सबै

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

कांग्रेस नेता खतिवडालाई पितृ शोक

अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो

चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech