– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन २७ –
रोट्राक्ट क्लव अफ नारायणी मिड टाउनको १८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार साँझ आयोजित पदस्थापन कार्यक्रममा सन् २०२४/२५ का अध्यक्ष राजिव घिमिरेसहितको बोर्ड मेम्बर टोलीले सपथ ग्रहण गरे ।
०२४/२५ का अध्यक्ष घिमिरेसहित उपाध्यक्ष सुजन धिताल, सचिव सुनिल ढकाल, कोषाध्यक्ष आयुष्मा रावल, सहसचिव मनिशा घिमिरे र सह कोषध्यक्ष कोशिस राज क्षेत्रीसहित विभिन्न विधा तथा विभागअनुसारका प्रमुखहरुलाई पदस्थापना कार्यक्रमका प्रमुख अतिथि डिआरआर इलेक्ट दिनेश गैरेले सपथ ग्रहण गराए ।
कार्यक्रममा उत्कृष्ट रोट्राक्टरहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २०२३/२४ का अध्यक्ष विनोद श्रेष्ठले आफ्नो कार्यकाल सफल पार्न योगदान पुर्याउने रोट्राक्टहरुमध्येबाट केहीलाई अवार्डहरु प्रदान गरेका थिए ।
पदस्थापना कार्यक्रमको अवसरमा क्लवलाई सहयोग पुर्याउने अन्य संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ नारायणी मिड टाउनका पीपी एण्ड आइसीएम चेयर अनिल थपलिया, रोट्राक्ट क्लव अफ नारायणी मिड टाउनका पूर्व अध्यक्ष विनोद श्रेष्ठ र उनकी पत्नी विनिता श्रेष्ठ सम्मानित अतिथिका रुपमा उपस्थित रहेका थिए ।
त्यसैगरी कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष अपिल श्रेष्ठ, रोटरी र रोट्राक्टका विभिन्न तहका पदाधिकारी प्रकाश पौडेल, सुरज भण्डारी, गोविन्द पराजुली, अर्पना प्रधान, अनुशा नेपाल, प्रकाश क्षेत्री रिजाल, अन्य रोटरी एवम् रोट्राक्ट क्लवका अध्यक्ष एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सन् २००७ मा चितवनमा स्थापना भएको रोट्राक्ट क्लव अफ नारायणी मिड टाउनले विभिन्न सामाजिक कार्यहरुका साथै युवाहरुको नेतृत्व विकासका कामहरु गर्दै आइरहेको छ ।