चितवन, साउन १९-
आगामी तीन दिन देशका विभिन्न नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
नारायणी, कर्णाली, कोसी, महाकाली र यसका प्रमुख सहायक नदीमा आगामी तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको हो ।
साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













