चितवन, १८ साउन
गैँडाकाट नगरपालिका–१ स्थित मौलाकालिका केवलकारको निर्माणाधिन भवनको चार तल्लाबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको जितपुर उपमहानगरपालिका–२० निवासी २२ वर्षीय युवक गोरख राउत कुगर्मी पटेल रहेका छन् । पटेल निर्माणाधिन भवनमा लेवर काम गर्थे । गएराती पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।