बद्री अर्याल-
चितवन, १७ साउन
मैघौली घटघाई नेचर गाईड एसोसिएसनले कार्यलय स्थापना गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ बाट अफिसियल रुपमा काम हुने भएको छ । कार्यलयलाई आवश्यक ३ लाख बरावरको सामाग्री भरतपुर महानगरपालिकाले सहयोग गरेको हो ।
कार्यलयको विहिवार एक कार्यक्रमकाबीच २७ का वडाअध्यक्ष राम वहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले मेघौलीमा आन्तरिक तथा वाह्य पर्यटक भित्राउन एसोसिएसनले महत्त्वपूर्ण भुुमिका खेेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै मेघौलीमा पाइने जङगली जनावर र तिनिहरुको प्रकृतिको बारेमा पनि पर्यटकलाई यस संस्थाका व्यक्तिहरुले बुझाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कार्यक्रम एसोसिएसनका अध्यक्ष मनिष लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो । उहाँले मैघौली घटघाई नेचर गाईड एसोसिएसन प्रविधिको प्रयोग गर्दै टेक्निकल तरिकाले अगाडि बढ्ने वताउनुभयो । साथै नेचर गाईड सम्वन्धी तालिम ल्याई थप व्यक्तिहरुलाई दिक्षीत बनाउने समेत बताउनुभएको छ । उहाँले कार्यलयमा आवश्यक सामाग्री दिएर सहयोग गरेकोमा भरतपुर महानगरपालिकालाई धन्यवाद दिंदै आगामि दिनमा पनि स्थानिय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।
कार्यक्रममा मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाँ राम महतो, वडा सदस्य अर्जुन भण्डारी, मेघौली रेन्जर पोस्टका प्रमुख रेन्जर रमेश वस्नेत, ईलाका प्रहरी कार्यलय दिव्यनगरका प्रमुख प्रमोद कुमार यादव, राधाकृष्ण सामुदायिक वनका अध्यक्ष वेदनिधि सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
 
 
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













