चितवन, साउन १२ 
भारतीय उद्दार टोलीले घटनास्थल सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजी कार्यमा प्रयोग गरिएको १९ किलोको चुम्बक पानीले बगाएको छ ।
शनिबार दिउँसो खोजी कार्य गर्ने क्रममा १९ किलोको चारपाटे चुम्बक नै पानीले बगाएको उद्दारमा खटिएको टोली स्रोतले जानकारी दियो । उक्त चुम्बक खोज्न खोजीकार्य टोली देवघाटसम्म पुगेको थियो । तर चुम्बक फेला पर्न सकेन । चुम्बकसंगै लाइफ ब्वाई ट्युव समेत पानीले बगाएको छ ।
लाइफ ब्वाई ट्युव पानीमा मानिस डुबेको बेला उद्दारको लागि प्रयोग गरिन्छ । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













