काठमाडौं, १३ जेठ-
राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
गत मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेृवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाले बहुमतले शुक्रबार पारित गरेको हो ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
यसअघि सो प्रस्तावमाथि राष्ट्रिय सभा सदस्यले उठाएको प्रश्न र जिज्ञासाको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार