चितवन, ६ साउन
भरतपुर माध्यमिक विद्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रीक्ट ३२५ आर, क्लस्टर ३ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । उक्त रक्तदान कार्यक्रममा २७५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रम उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आर का गभर्नर पिएमजेएफ दिनानाथ न्यौपानेले गरेका थिए ।
कार्यक्रमको विशिस्ट अतिथी प्रथम भाइस गभर्नर एमजेएफ नवराज सापकोटा, द्वितीय भाइस गभर्नर एमजेएफ प्रभाकर पण्डित, पूर्व डिस्ट्रीक्ट गभर्नर पिएमजेएफ सिद्धार्थलाल चुके, भरतपुर १० वडा अध्यक्ष परमेश्वर खनाल रहेका थिए ।
कार्यक्रम क्लस्टर चिफ पिएमजेएफ डा गङ्गा सपकोटाको अध्यक्षता र जोन चियर पर्सन बद्री प्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार