चितवन, असार २७-
पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुलेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।
दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।














