चितवन, १८ असार
भरतपुर जनसेवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले असार १५ र १६ गते विभिन्न सामाजिक काम गरेर वार्षिकोत्सव मनाएको हो ।
सहकारीले असार १५ गते भरतपुर ९ स्थित रहेको मानवसेवा आश्रममा खाना खुवाउने काम, धन्गढ़ा मन्दिरमा भक्तजनहरुलाई दहि चिउरा, बसन्त टोल विकास सस्थामा फर्निचर वितरण गरेको हो भने १६ गते बृहत रक्तदान कार्यक्रम गरेको हो । उक्त रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा भरतपुर वडा नम्बर १२ का वडाध्यक्ष लेखराज पन्त रहेका थिए भने अध्यक्षतामा सहकारीका अध्यक्ष कुल बहदुर खत्री रहेका थिए ।
त्यस्तै सहकारीका सचिव बेद प्रसाद बजगाईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष शेषमणि नेपाल, कार्यक्रमको सह-आयोजक चितवन मदिरा तथ् प्रोभिजनल व्यवसायी संघका अध्यक्ष गोबिन्द पाण्डे लगायतको उपस्थिति रहेको थियो। सोहि दिन दिउँसो शिव पंचयन मन्दिरमा भक्तजनहरुलाई दहि चिउरा पनि खुवाइएको थियो ।
भरतपुर जनसेवा बचत तथा ऋण सहकारीले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गरेर वार्षिकोत्सव मनाउदै आएको छ ।















