चितवन, १६ असार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बालकुमारी क्याम्पस कमिटीले नेकपा एमाले जिल्ला कमिटी चितवनलाई एक थान प्रोजेक्टर सहयोग गरेको छ ।
अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीका अध्यक्ष रुद्र पौडेलले एमाले चितवनका अध्यक्ष कमल राज पाठकसहितको टोलिलाई उक्त प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीका अध्यक्ष रुद्र पौडेलले पुर्व विद्यार्थी नेताहरुको सहयोगमा पार्टीलाई प्रोजेक्टर दिइएको बताए ।
त्यस्तै, एमाले चितवनका अध्यक्ष कमल राज पाठकले भातृ संगठनहरुले पार्टीलाई सहयोग गरेकोमा निक्कै खुसी लागेको बताउँदै क्याम्पस कमिटीलाई धन्यवाद दिए ।














