चितवन, १६ असार
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ईलेक्ट्रिक माईक्रो पल्टिँदा माईक्रोमा सवार एकै परिवारका पाँच जना सहित सात जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भरतपुर महानगरपालिका ९ बस्ने ४२ वर्षीय एकराज भट्टराई, श्रीमती ३२ वर्षीय निर्मला भट्टराई, छोरीहरु १० वर्षीय एलिजा भट्टराई, ८ वर्षीय यनुषा भट्टराई र छोरा ४ वर्षीय अनुज भट्टराई र खैरेहनी नगरपालिका ८ बस्ने ५० वर्षीय रामप्रसाद चापागाई अवस्था मध्यम र चितवन भरतपुर महानगरपालिका ४ बस्ने २१ वर्षीय नवीन भट्टराई रहेका छन् ।
आइतबार बिहान चितवनको भरतपुर महानगरपालिका १ पानी ट्याङ्की ओरालो स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा बा.प्र०६–००१ ज ०१८२ नम्वरको माईक्रो आफैँ अनियन्त्रित भई पल्टिँएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा र नयाँ मेडिकल कलेजमा उपचार भई रहेको छ । माईक्रो र चालक जिल्ला गोर्खा पालुङ्गटार नगरपालिका २ बस्ने ३५ वर्षीय बिनोद गैरे प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














