चितवन, असार १२ –
चितवनको भरतपुरमा रहेको अरोमा कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने भएका छन् । उक्त ओलम्पियाडमा १०० भन्दा बढी देशका विद्यार्थीहरुको प्रतिस्पर्धा हुनेछ।
म्याथम्याटिकल एसोशिएन अफ नेपाल २०२४ को आयोजनामा भएको नेशनल म्याथम्याटिक्स ओलम्पियाड २०२४ को प्रि–टेस्टमा प्रथम भएका द्रोण चौधरी अन्तर्राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गर्न गर्न बेलायत जान लागेका हुन् ।
त्यस्तै इन्टरनेशनल फिजिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै योगेन्द्र शर्मा इरान जान लागेका हुन् । शर्मा नेशनल लेभल फिजिक्स ओलम्पियाड २०२४ प्रतिस्पर्धामा नेपाल दित्तिय भएका थिए । चौधरी र शर्मा दुवै अरोमा कलेजका विद्यार्थीहरु हुन् ।
यो वर्ष २२ जना अरोमाका विद्यार्थीले अमेरिकाको ख्यातिप्राप्त युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति पाएको कलेजले जनाएको छ ।
एमबिबिएसमा ८ जनासहित अन्य मेडिकल पूर्ण छात्रवृत्तिमा २८ जना, इन्जिनियरिङ तर्फ ३२ जना तथा अन्य बिषयमा ५० विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।