भरतपुर,असार १२-
पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्धभएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलबिरेमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
पहिरो खुलाउनका लागि सडकका कर्मचारीसंगै प्रहरी खटिएका छन् ।
यस्तै, पहिरोका कारण मुग्लिन-मलेखु सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यलय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ४ फिस्लिङमा पहिरो खसेको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।














