भरतपुर, १२ असार
भरतपुर महानगरपालिका ७ गौतमचोक स्थित रहेको चितवन फुटसलको स्टाफ कोठा भित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा माडी नगरपालिका ६ बस्ने बर्ष २३ को अखिल सापकोटा रहेका छन् । सापकोटा कोठा भित्र सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














