काठमाडाैं, असार १२
विश्वभाषा क्याम्पसले विभिन्न ११ वटा भाषा सिक्नका लागि भर्ना खुला गरेको छ । अगामी साउन १४ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि क्याम्पसले फाराम खुला गरेको हो ।
जसअनुसार क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जर्मन, जापानीज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरु सिकाइनेछ ।
यीमध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरुले असार १७ गतेदेखि २६ गतेभित्र आवेदन दिनसक्ने बुधबार जारी सूचनामा उल्लेख छ ।