चितवन, असार ११-
चितवनमा जंगली च्याउ खाएका तीन जना विरामी भएका छन् ।
बिरामी हुनेहरुमा कालिक–९ बस्ने वर्ष ६६ को लाल बहादुर चेपाङ, वर्ष ५० को बल बहादुर चेपाङ र वर्ष १५ को सुजन चेपाङ रहेका छन् ।
कालिका नगरपालिका–९ शक्तिखोरमा सोमवार साँझ जंगली च्याउ खाएर उनीहरु बिरामी परेका हुन् । उनीहरुको हाल भरतपुर अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।














