चितवन, ७ असार
भरतपुर महानगरपालिका वडा नं-२७, पर्साढाप आँपको रुखबाट लडेर एक जना घाइते भएका छन् ।
भरतपुर-२७ बस्ने २९ वर्षीय होमनाथ भट्टराई पर्साढापस्थित सार्वजनिक बगैँचामा रहेको आँप टिप्न जाँदा रुखबाट लडेर घाइते भएका हुन् ।
दाहिने हात, दाहिने खुट्टा र शरीरमा भित्री चोट लागेका भट्टराईको भरतपुर अस्प्तालमा उपचार भइरहेको र उपचारमा निजका दिदी मीना भट्टराई संलग्न रहेको प्रहरीले जनाएको छ ।














