चितवन,असार ४-
ग्रेस इन्टरनेशनल चितवनले भोलि (बुधबार) युके, युएसए ‘एडमिसन डे’ को आयोजना गरेको छ । नारायणगढको शहिदचोकस्थित आफ्नो कार्यालयमा आयोजना गरिएको एडमिसन डे मा युके, युएसएका दश बढि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहने छ ।एडमिसन डे का अबसरमा बैंकिङ प्रोसेसका बिषयमा बैंकमा प्रतिनिधिहरुद्धारा आवश्यक जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
एडमिसन डे मा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसंग बिद्यार्थी तथा अभिभाबकले प्रत्येक्ष रुपमा संबाद गर्न पाउने ग्रेस इन्टरनेशनलका क्षत्रिय निर्देशक गणेश लामिछानेले बताउनुभयो । ‘अध्ययन गर्न चाहेको बिषय र लाग्ने शुल्कका बारेमा बिद्यार्थीले प्रत्येक्ष जानकारी प्राप्त गर्नेछन,लामिछानेले भन्नुभयो,पछिल्लो समय भइरहेको अभ्यास र सम्भावनाका बिषयमा समेत जानकारी प्राप्त गर्न सकिनेछ ।’
युनिभर्सिटी अफ इष्ट लण्डन, माल्भन इन्टरनेशनल, युनिभर्सिटी अफ ब्रिजपोर्ट, द युनिभर्सिटी अफ ल, थोमस मोर युनिभर्सिटी, बेथनी कलेज, वेबस्टार युनिभर्सिटी लगायतका कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागि हुने उहाँले जानकारी दिनुभयो । ग्रेस इन्टरनेशनलको शहिदचोक कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म एडमिसन डे सञ्चालन हुनेछ ।
युएसएमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि जनवरी इन्टेक र युकेमा अध्ययन गर्न चाहाने बिद्यार्थीलाई सेक्टेम्बर इन्टेक लक्षित गरेर एडमिसन डे आयोजना गरिएको लामिछानेले बताउनुभयो । उहाँले सहभागि विद्यार्थीलाई आकर्षक गिफ्ट समेत व्यबस्था गरिएको जानकारी दिनुभयो ।ग्रेस इन्टरनेशनले आइएलटिएस,पिटिइ कक्षा लिन चाहाने विद्यार्थीलाई बिशेष छुटका साथ भर्ना गरिररहेको लामिछानेले बताउनुभयो ।














