• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, भदौ २७, २०८२
☰
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ४. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ५. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ६. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ७. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ८. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ९. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • १०. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाका लागि बागमती प्रदेशद्धारा १० करोड बजेट विनियोजन

बागमती, असार २
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा रु एक अर्ब ८४ करोडभन्दा बढीको बजेट ल्याएको छ । चालु आवकै हाराहारीमा बजेट ल्याउने अनुमान गरिरहेका बेला आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आव लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभयो । जबकी चालू आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरिएको थियो ।

कूल विनियोजितमध्ये चालुतर्फ रु २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ रु ६३ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट रु २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट रु छ अर्ब ५१ करोड १६ लाख ७९ हजार, सङ्घीय वित्तीय हस्तान्तरणबाट रु १५ अर्ब ५७ करोड ५६ लाख, चालू आव २०८०/८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट रु १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार बेहोरिने अनुमान बजेटमा गरिएको छ ।

प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका लागि रु २२ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि रु छ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रूपमा अगाडि बढाउने घोषणासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि रु दुई अर्ब ६२ करोड विनियोजन गरिएको छ ।

प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले सभालाई जानकारी गराउनुभयो ।

उपेक्षित, उत्पीडित तथा अतिसिमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि रु तीन अर्ब ९१ करोड बजेट छुट्याइएको छ । यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि रु दुई अर्ब ४६ करोड, वन तथा वातावरण मन्त्रालयका लागि रु तीन अर्ब २१ करोड, रोजगार तथा यातायात मन्त्रालयका लागि रु ९३ करोड विनियोजन गरिएको छ ।

बजेटमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु १० करोड बजेट विनियोजन गरेको सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु ७४ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि रु ४४ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्रका लागि रु २४ करोड दुई लाख तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि रु ५० करोड ६४ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशका सामुदायिक विद्यालयमा सञ्चालित एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि रु चार अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले चालू आव २०८०÷८१ का लागि रु ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरेको थियो ।

जनताको भावना र रोजगारी सृजना गर्ने खालको बजेट आएनन्ः प्रतिपक्षी दल

प्रतिपक्षी दलका नेताहरुले भने प्रस्तुत बजेटले जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको छ । बजेटपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बजेट मनगढन्ते र दिशाहीन भएकाले यसले जनताको चाहना र भावनालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । बजेटले रोजगारी अभिवृद्धि र आर्थिक समृद्धिमा टेवा पु¥याउन नसक्ने दाबी गर्दै उहाँले घाटा बजेटले समस्या थप बल्झिन सक्ने खतरा रहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुननसक्ने बताउनुभयो । ‘‘नाराहरू धेरै उपयुक्त छान्नु भएको छ, मेहनत धेरै गर्नुभएको छ तर बजेट वस्तुपरक छैन”, नेता थापाले भन्नुभयो, ‘‘सङ्घीय सरकारबाट अनुदान घटेको बेला चालु आवको भन्दा ठूलो बजेट ल्याएको छ, जुन कार्यान्वयन हुननसक्ने अवस्थाको छ ।” रासस

Chitwan Aaja चितवन आज
आइतबार, असार ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

ताजा समाचार

सबै

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

साढे ११ हजार कैदी अझै फरार

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ४.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ५.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ६.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.