इच्छाकामना, असार १
इच्छाकामना गाउँपालिका वडा नं–५, नेप्टेडाँडास्थित आफ्नै बारीको सालको रुखबाट लडेर एक वृद्धा घाइते भएकी छन् ।
आफ्नै घर बारीमा रहेको सालको रूंखमा चढी घाँस काट्ने क्रममा लडेर ७२ वर्षीया लक्ष्मीमाया चेपाङ घाइते भएकी हुन् ।
घाइते वृद्धको भरतपुर अस्पतालमा अपचार भइरहेको र उपचारमा निजको छोरी संलग्न रहेको प्रहरीले जनाएको छ ।














