• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २८, २०८२
☰
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ८. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ९. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • १०. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

काठमाडौँ, २६ जेठः

सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ ।

चालु आव २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा रु ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्यअनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष जिडिपीको आकार एक सय खर्ब नाघ्नेछ । पाँच वर्षपछि अर्थात् आव २०८५/८६ मा जिडिपीको आकार गत आव २०७९/८० को मूल्यमा रु ८० खर्ब १९ अर्ब ७६ करोड र प्रचलित मूल्यमा रु एक सय तीन खर्ब सात अर्ब ३२ करोड पुग्ने अनुमान गरिएको छ ।

यसरी पाँच वर्षभित्र अर्थतन्त्रको आकार एक सय खर्ब नाघ्ने सरकारी लक्ष्य भेट्टाउन जिडिपीको आकारभन्दा ठूलो लगानी आवश्यक पर्नेछ । “सोह्रौँ योजना अवधिमा आधारभूत मूल्यमा औसत सात दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कुल स्थिर पुँजी लगानी आव २०८०/८१ को मूल्यमा रु ९४ खर्ब ८२ अर्ब ६६ करोड आवश्यक पर्ने अनुमान गरिएको छ”, सौह्रौँ योजनामा भनिएको छ, “समग्र लगानीलाई प्रचलित मूल्यमा परिणत गर्दा योजना अवधिमा कुल रु एक सय ११ खर्ब ८४ अर्ब २३ करोड आवश्यक पर्ने अनुमान छ ।”

चालु आवको मूल्यमा आधारित लगानीको अवस्था हेर्दा आगामी पाँच वर्षमा कृषि क्षेत्रमा रु छ खर्ब ६८ अर्ब २५ करोड र गैरकृषि क्षेत्रमा रु ८८ खर्ब १४ अर्ब ४१ करोड लगानी हुने अनुमान गरिएको छ । सोह्रौँ योजनाको प्रक्षेपित आर्थिक वृद्धि हासिल गर्न समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै सरकारी, निजी र सहकारी क्षेत्रको लगानी परिचालन गर्ने लक्ष्य सरकारले राखेको छ ।

सोह्रौँ योजना कार्यान्वयन अवधिमा हुने कुल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट रु २८ खर्ब ६३ अर्ब ७६ करोड, निजी क्षेत्रबाट रु ६३ खर्ब ७२ अर्ब ३५ करोड र सहकारी तथा सामुदायिक क्षेत्रबाट रु दुई खर्ब ४६ अर्ब ५५ करोड लगानी हुने अनुमान गरिएको छ । यो चालु आव २०८०/८१ को मूल्यमा आधारित लगानी हो । प्रचलित मूल्यमा भने यस्तो लगानी सार्वजनिक क्षेत्रबाट रु ३३ खर्ब ७७ अर्ब ६४ करोड, निजी क्षेत्रबाट रु ७५ खर्ब १५ अर्ब ८० करोड र सहकारी क्षेत्रबाट रु दुई खर्ब ९० अर्ब ७९ करोड बराबर रहने अनुमान छ । जसअनुसार कुल लगानीमा सार्वजनिक क्षेत्रबाट हुने लगानी ३० दशमलव दुई, निजी क्षेत्रबाट हुने लगानी ६७ दशमलव दुई र सहकारी क्षेत्रबाट हुने लगानी दुई दशमलव छ प्रतिशत रहनेछ ।

आवधिक योजनाले राखेको आगामी पाँच वर्षको अनुमानित लगानीलाई सार्थक बनाउन सरकारी तथा सार्वजनिक संस्थान र निजी क्षेत्रबाट प्राप्त स्रोतहरु परिचालन गर्ने सोह्रौँ योजनामा उल्लेख छ । “परम्परागत स्रोतहरूबाट मात्र आवश्यक लगानी पूर्ति गर्न अपर्याप्त हुनेहुँदा नयाँ वैकल्पिक स्रोतहरूको समेत पहिचान गरिएको छ र सोहीबमोजिम परिचालन गरिनेछ”, सोह्रौँँ योजनामा भनिएको छ, “परम्परागत स्रोतको रूपमा सरकारी राजस्व, वैदेशिक सहायता, सार्वजनिक ऋण, निजी क्षेत्रले गर्ने शेयर पुँजी तथा कर्जा लगानी रहनेछन् भने वैकल्पिक स्रोतका रूपमा प्रत्यक्ष वैदेशिक लगानी, सार्वजनिक–निजी साझेदारी, मिश्रित लगानी, आयोजना विकास ऋणपत्र, प्राकृतिक स्रोतको भण्डारबाट आय प्रवाह, हरित वित्त परिचालन, जलवायु वित्त, कार्वन कर र विभिन्न सार्वजनिक संस्थानका कोषमा रहेको स्रोत परिचालन हुनेछन् ।”

आगामी पाँच वर्ष अवधिमा प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धि रु १५ खर्ब १६ अर्ब ७३ करोड, द्वितीय क्षेत्रको रु १० खर्ब ८१ अर्ब ९६ करोड र तृतीय क्षेत्रको रु ४५ खर्ब तीन अर्ब नौ करोड तथा समग्र मूल्य अभिवृद्धि रु ७१ खर्ब एक अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । त्यस्तै, सोह्रौँ योजना अवधिमा मुद्रास्फीति दर पाँचदेखि छ प्रतिशतको बीचमा कायम गर्ने लक्ष्य राखिएको छ ।

यो अवधिमा उद्योग र सेवा क्षेत्रमा उच्च मूल्य अभिवृद्धिको कारण अर्थतन्त्रमा उल्लेखनीय संरचनात्मक परिवर्तन हुने अनुमान गरिएको छ । सोह्रौँ योजनाको अन्तिम वर्ष जिडिपीमा प्राथमिक क्षेत्रको योगदान २४ दशमलव छ प्रतिशतबाट २१ दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ । त्यस्तै, द्वितीय क्षेत्रको योगदान १२ दशमलव पाँच प्रतिशतबाट वृद्धि भई १५ दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ । सेवा क्षेत्रको योगदान पनि ६२ दशमलव नौ प्रतिशतबाट बढेर ६३ दशमलव चार प्रतिशत पुग्ने अनुमान छ । यसबाट प्राथमिक क्षेत्रको तुलनामा द्वितीय क्षेत्रको विस्तार अधिक हुने र कृषि क्षेत्रमा आश्रित श्रमशक्तिको ठूलो हिस्सा उद्योग र सेवा क्षेत्रमा स्थानान्तरण हुने देखिन्छ ।

सोह्रौँ आवधिक योजनाले राखेअनुसारको आर्थिक वृद्धिदर कायम भई अर्थतन्त्र विस्तार हुँदा नेपालीहरूको प्रतिव्यक्ति आयमा अहिलेको तुलनामा उल्लेखनीय वृद्धि हुनेछ । हाल विद्यमान जनसङ्या वृद्धिदर सोह्रौँ योजना अवधिमा कायम रहने अनुमानका आधारमा योजनाको अन्तिम वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रु तीन लाख ३१ हजार अर्थात् दुई हजार तीन सय १९ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यसैगरी आव २०८५/८६ मा वर्ष प्रतिव्यक्ति आय दुई हजार तीन सय ५१ डलर पुग्ने अनुमान गरिएको छ । अहिले प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार चार सय ५६ डलर बराबर छ ।

सोह्रौँ योजना अवधिमा अनावश्यक उपभोग कटौती गरी बचतलाई प्रोत्साहित गर्ने र कुल स्थिर पुँजी निर्माणमा उल्लेख्य बढोत्तरी गर्ने नीति सरकारले लिएको छ । आगामी आवधिक योजना कार्यान्वयनको अन्तिम वर्ष कुल गार्हस्थ्य उत्पादनको अनुपातमा अन्तिम उपभोग खर्च र कुल गार्हस्थ्य बचत क्रमशः ९१ दशमलव पाँच प्रतिशत र आठ दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरिएको छ । कुल राष्ट्रिय बचत भने कुल गार्हस्थ्य उत्पादनको ३९ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । यसैगरी, कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको २८ दशमलव छ प्रतिशत कायम हुने अनुमान गरिएको छ । कुल स्थिर पूँजी निर्माणमा सरकारी क्षेत्रको ३० दशमव दुई प्रतिशत र निजी तथा सहकारी क्षेत्रसमेतको हिस्सा ६९ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।

आगामी पाँच वर्ष अवधिमा रु १२० खर्ब ६३ अर्ब ३२ करोड सरकारी खर्च हुने अनुमान गरिएको छ । यस अनुमानित खर्चमध्ये रु ४५ खर्ब ७१ अर्थ ७९ करोड चालु खर्च, रु २७ खर्ब ७१ अर्ब चार करोड पुँजीगत खर्च, रु २२ खर्ब ५७ अर्ब ७५ करोड वित्तीय व्यवस्था र रु २४ खर्ब ६२ अर्ब ७४ करोड वित्त हस्तान्तरण अर्थात् प्रदेश र स्थानीय तहलाई दिइने अनुदानमा खर्च हुने अनुमान गरिएको छ । यो पाँच वर्ष अवधिको सरकारी खर्च व्यहोर्ने प्रमुख स्रोतको रूपमा सङ्घीय राजस्वले रु ८४ खर्ब ६५ अर्ब १५ करोड योगदान गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, तीन तहमा बाँडफाँट हुने राजस्वसमेत कुल रु ९५ खर्ब ३० अर्ब ६० करोड परिचालन हुने अनुमान गरिएको छ । योजना अवधिमा रु १७ खर्ब ५२ अर्ब ३० करोड वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएको छ । योजना अवधिको राजस्व तथा वैदेशिक सहायता परिचालन गर्दा न्यून हुने अनुमानित रकम रु १८ खर्ब ४२ अर्ब दुई करोड आन्तरिक ऋणबाट व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

ताजा समाचार

सबै

काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

कार्की क्याबिनेटमा मन्त्री नबन्ने बताउँदै सुमनाले भनिन्– सत्ता होइन सेवा सोचौं

बेनीमा मौलिक सम्पदाको संरक्षण

चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.