Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, असोज ३०, २०८२
☰
Logo बिहिबार, असोज ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

  • ९. त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

  • १०. कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

काठमाडौँ, २४ जेठ
अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’

यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ ।

तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ?

आम बुझाइ के छ भने प्रेमिल सम्बन्धको सुरुवात त्यसबाट हुन्छ कि पहिलो नजरमा तपाईं कस्तो देखिनुभयो ?

यद्यपि अरु कतिपय खुबीको कारण पनि मान्छे आकर्षक देखिन सक्छ । के तपाईं स्वीकारयोग्य हुनुहुन्छ ? तपाईं कसरी बोल्नुहुन्छ ? कसरी प्रस्तुत हुनुहुन्छ ? कस्तो हाउभाउ देखाउनुहुन्छ ?

अमेरिकामा यही सेरोफेरोमा एउटा सर्वेक्षण गरिएको थियो । त्यसमा एउटा साझा प्रश्न सोधिएको थियो, ‘मान्छेको लुक्स (आवरण) बाहेक अरु के-कस्ता गुणले लोभ्याउँछ ?’

घर, गाडी जस्ता भौतिक सफलता आफूहरुलाई लोभ्याउनेमध्ये सबैभन्दा तल्लो तहको गुण भएको सहभागीहरुको राय थियो । बरु आफ्नो पार्टनरको कुरामा सहमति जनाउने, खुलेर बोल्ने, बुद्धिमानी जस्ता गुणलाई उनीहरुले शारीरिक आकर्षण भन्दा उच्च श्रेणीमा रहेको बताए ।

आवरण कति महत्वपूर्ण ?

यस सर्वेक्षणमाथि टिप्पणी गर्दै अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक गै्रग वेबस्टर भन्छन्, ‘यस किसिमको सर्भेमा मान्छेहरु यस्तो जवाफ दिने प्रयास गर्छन् कि जसलाई अरुले राम्रो मान्छ । त्यसैले यस्तो सर्भेले वास्तविक सत्य भने उजागर नहुन सक्छ ।’

त्यसो भए वास्तविकतामा मान्छेले अरुको आवरणलाई नै महत्व दिन्छन् ?

मनोवैज्ञानिक डाक्टर पूजा शिवम जेट्ली भन्छिन्, ‘सुरुवाती आकर्षण मान्छेको आवरणमा नै हुन्छ । यद्यपि यो मान्छेको हेराइमा पनि फरक पर्छ ।’

‘तपाईं कस्तो देखिनुहुन्छ ? तपाईंप्रति कसैले धारणा बनाउने त्यो एउटा पहिलो बिन्दु हुनसक्छ । तर लामो समयसम्म कसैको सुन्दरता वा आवरणले लोभ्याइरहन सक्दैन ।’

तपाईंको व्यक्तित्व, तपाईंको आवश्यक्ता र तपाईंले दुनियाँलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले यसको निर्धारण गर्छ । पहिलो झलकमै मन परेको हुनसक्छ तर त्यसबेला आपसमा कुराकानी भएको छैन भने पछि त्यही कुराले मतभेद ल्याउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसमा सहमति बनाइराख्नु कुनैपनि सम्बन्धलाई दिगो राख्ने एउटा महत्वपूर्ण सर्त हो ।

आवरण वा सुन्दरताको कारण तपाईंलाई कुनै व्यक्ति मन परेको होला । तर उनले तपाईंको कुरालाई कति पनि महत्व दिंदैन भने तपाईंले उनलाई मनपराइरहनु हुन्छ त ?

कुनैपनि मान्छेको व्यक्तित्व मापन गर्नु सजिलो काम होइन । दशकौंदेखि साइकोमेट्रिक टेस्टमा मान्छेसँग यस्ता थुप्रै प्रश्न सोधिएको छ ताकि उनीहरुको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त होस् ।

कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने ?

आम जीवनमा कुनै मान्छेको व्यक्तित्व कसरी मूल्यांकन गर्ने त ?

बिहेवियर एक्सपर्ट एवं लाइफ कोच आस्था दिवान भन्छिन्, ‘एउटा मान्छेको व्यक्तित्व केही कुरा मिलेर बनेको हुन्छ । तपाईंसँग कति सहज रुपमा कुराकानी गर्न सकिन्छ ? यो महत्वपूर्ण छ ।’

कुराकानी गरिरहँदा तपाईंले दोस्रो व्यक्तिलाई बोल्न दिनुहुन्छ ? तपाईंको रुचि के हो, विचार कस्तो हो, जीवनको मूल्य के हो, आत्मविश्वास कस्तो छ ? यी तमाम कुरा व्यक्तित्वको एक अहम् हिस्सा हो ।

तपाईंले यो पनि सुन्नुभएको होला, ‘विपरीत आकर्षण’ भनेको दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया फरक छन्, उनीहरु पनि आपसमा आकर्षित हुन्छन् । किनभने व्यक्तित्वमा हुने भिन्नताले पनि मान्छेलाई आकर्षित गर्छ ।

त्यसो त मान्छेले यस्तो साथी खोजी गरिरहेका हुन्छन्, जो ऊसँग पहिलेदेखि नै परिचित छन् । जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ । यो आकर्षणको आधारभूत सिद्धान्त हो ।

यसमा आस्था दिवानको टिप्पणी छ, ‘कहिलेकाहीं मान्छेले आफ्नो समान साथी खोज्छ । कहिले आफूभन्दा अलग खोज्छ । यो मान्छेको प्रवृत्ति हो ।’

खासगरी तपाईंको विचारमा, गुणमा, रोजाइमा समानता छ भने तपाईंहरु आपसमा तुरुन्तै जोडिनुहुन्छ ।

कुनैपनि सम्बन्धलाई दिगो बनाउन एकसाथ रहेर पनि आ-आफ्नो मूल्यमान्यतालाई डोहोर्‍याउन सक्ने अनुकूलता हुनु हो ।

मान्छेले सधैं आफ्नो समानता खोज्छ भन्ने होइन । कहिलेकाहीं आफूभन्दा निकै फरक व्यक्तित्वलाई पनि मन पराउँछ । यदि दुवैले एकअर्काको आवश्यक्ता पूरा गरिदिन्छ भने ।

डा. आस्था दिवानका अनुसार मित्रताभन्दा पनि आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ । मित्रता पनि दुई पूर्णतया एक व्यक्तिबीच छिट्टै हुन्छ ।

उनी भन्छिन्, ‘मान्छेले कति पटक आफूमा के-कमी छ त्यो आफ्नो पार्टनरमा खोज्छ । र, एकअर्कासँग मिलेर त्यो कमी परिपूर्ति गर्छ ।’

सम्बन्धका लागि दोस्रोको आकर्षण गुणका साथै सहमति बनाइराख्नु निकै महत्वपूर्ण हुन्छ । ग्रेग वेबस्टरले सामाजिक मनोवैज्ञानिक एंगेला ब्रायन र अमैन्डा महाफ्फीसँग मिलेर मान्छेको व्यक्तित्वको तीन गुणमाथि शोध गरेका थिए ।

यी तीन गुण थियो, मान्छेसँग शारीरिक रुपले आकर्षित हुनु । दोस्रो, आर्थिक रुपले प्रभावशाली हुनु । तेस्रो, एकआपसमा सहमति बनाइराख्नु ।

यस अध्ययनमा पाइयो कि यी तीन गुणले मान्छेलाई आफूप्रति आकर्षित गरिरहन्छ ?

किनभने प्रत्येक गुणले कुनै न कुनै रुपमा सुरक्षा र खाना–बस्न जस्तो आधारभूत आवश्यकताहरु पूरा गर्छ । तर प्रभुत्व राम्रो वा खराब जे पनि हुनसक्छ ।

मान्छे सम्बन्धमा होस् वा नहोस्, तर मान्छेहरु यो कुरा आवश्य चाहन्छ कि उनको पार्टनर सामाजिक, शारीरिक र आर्थिक रुपले प्रभावशाली होस् । तर धेरैजसो मान्छेले यो कुरालाई स्वीकार गर्दैन । त्यही प्रभुत्व उनीहरुको सम्बन्धमा पनि तगारो बन्न पुग्छ ।

कुनै व्यक्तिले प्रभुत्व स्थापित गर्नुका साथै आपसी सहमति बनाउने गुण पनि छ भने त्यसले आकर्षण थप्छ ।

सारमा वेबस्टर भन्छन्, ‘सबैसँग सहमति बनाइराख्ने जुन हाम्रो गुण हुन्छ त्यो हाम्रो व्यक्तित्वको अन्य गुणमध्ये सबैभन्दा राम्रो हो ।’

(बीबीसीबाट)

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

ताजा समाचार

सबै

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी

फागुन २१ को चुनावबारे दलहरूसाग औपचारिक संवादमा जुट्यो आयोग

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको अस्पतालमा मृत्यु

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि समातिए, मुद्दा दर्ता गरिँदै

माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा

प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

विपिनको शव नेपाल ल्याउन थालेपछि आमा र बहिनी स्वदेश फर्किए

साढे २ लाख नाघ्यो सुन

बाढीले पाँच करोडको धान नष्ट

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech