Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, कार्तिक २०, २०८२
☰
Logo बिहिबार, कार्तिक २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ७. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • १०. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधाम, ८० करोडको बृहत गुरुयोजना तयार

चितवन, २४ जेठ
भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपु्रको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा भरतपुरकोे पर्यटन उकास्न यस क्षेत्रको प्रवद्र्धनले थप टेवा पु-याएको छ ।

नेपाल एकीकरणका क्रममा चितवनवाट पश्चिमतर्फ एकीकरण अभियान सुरु गर्दा तत्कालीन नायब राजकुमार बहादुर शाह तथा गोरखाली सेनाले यहाँ पूजाअर्चना गर्दै अगाडि बढेको इतिहास रहेको गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुके बताउनुहुन्छ ।

चुकेका अनुसार तत्कालीन पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनले विसं १५४१ तिर देवघाट धाममा तपस्या गरी बस्न आएको र देवघाटमै आफ्नो जीवनका १२ वर्ष व्यतीत गरेका थिए । त्यस क्रममा देवघाटमा केही देवस्थल थप्नुका साथै भरतपुरको बागीश्वरी, गणेशस्थान, कैलाशनाथ महादेव, जखडीमाई देवीस्थान आदिमा पूजाअर्चना गरी गणेशस्थानमा ऐतिहासिक इनार निर्माण गरेको र गैँडाकोटमा मौलाकालिका माताको मूर्ति स्थापना गरेको किंवदन्ती छ । यहाँ रहेको सिद्धिविनायकको शिला पौराणिक रहेको र राजामणि मुकुन्द सेनले पूजा आराधना गरेको गणेश पुराण तथा पद्म पुराणमा उल्लेख छ ।

चुकेले भन्नुभयो, “पहिले चितवनमा अहिले जस्तो बस्ती विकास भएको थिएन पछि बाहिरबाट आएका व्यक्तिहरुलाई यसबारे थाहा हुने कुरा भएन यसको संरक्षणमा चुनौती भएको हुनाले हाल समितिमार्फत संरक्षणमा हामी जुटेका हौँ ।” उहाँले यहाँ भाकल गरेको पुग्ने, विवाह, व्रतबन्ध, सवारीसाधनको पूजा गर्दा शुभ हुने अटल विश्वास रहेकाले अन्य जिल्लाबाट पनि भक्तजनको बाक्लो उपस्थिति हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा यहाँ लगनका बेला ५०–६० वटासम्म विवाह, व्रतबन्ध हुन्थ्यो तर आजकाल पार्टीप्यालेसमा विवाह व्रतबन्ध गर्ने प्रचलनले यहाँ कम हुने गरेको छ ।”

समितिका कोषाध्यक्ष रेशमलाल सापकोटाले विगतमा देवघाट क्षेत्र विकास समिति र गणेशस्थान टोलविकास संस्थाले यस क्षेत्रको संरक्षण र विकास गर्दै आएको जानकारी दिनुभयो । विसं २०६६ मा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका नामबाट विधिवत् दर्ता गरी विसं २०६७ मा जिल्ला वनकार्यालय चितवनबाट दुई दशमलव ४३ हेक्टर जमिन धार्मिक वनका नाममा दर्ता भएको र विसं २०७५ देखि गणेशधाम संरक्षण सम्वद्र्धन समितिले सरकार तथा दाताहरुको सहयोगमा यस क्षेत्रको निरन्तर विकास र प्रवद्र्धन गरिरहेको उहाँले बताउनुभयो ।

ऐतिहासिक गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न नवजागृति सामुदायिक वन उपभोक्ता समूह र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसगँकोे समन्वय र समितिका संरक्षक तथा वाग्मती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीको पहलमा २९ दशमलव ४७ हेक्टर जमिनमा रु ८० करोडको बृहत् गुरुयोजना तयार गरिएको छ ।

गणेशधाममा कमलेश्वर महादेव, पशुपतिनाथ, चण्डेश्वरी, सरस्वती, मनकामना, सन्तोषीमाता, विश्वकर्मालगायतका मन्दिर छन् । धामको तलतिर पुण्यवती जलाशय क्षेत्र रहेको छ । २२ बिघा क्षेत्रफलमा रहेको जलाशयको बाँधका लागि वाग्मती प्रदेश सरकारबाट रु चार करोड १६ लाखको लागतमा चार मिटर अग्लो र ३० मिटर लामो बाँध र ४० मिटर पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । जलाशयको शिरमा कैलाश पर्वत निर्माणधीन अवस्थामा छ । जलाशयबीचमा पर्ने सौन्दर्यकरणका लागि भरतपुर महानगरपालिकाबाट पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष चुकेले गणेशधामलाई गणेश अनुसन्धान केन्द्र तथा गणेश सङ्ग्रहालयका रुपमा विकास गर्ने बताउनुभयो ।

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

यस्तो छ आजको मौसम : आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

जाँचबुझ आयोगले आईजीपी खापुङसँग सोध्यो स्पष्टीकरण

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

नारायणी किनारमा खेलकुद महोत्सव : लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

सरकारका नाममा कारण देखाउ आदेश

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

स्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन उच्चस्तरीय आयोगको सुझाव

पूर्णबहादुरको प्रष्टीकरण- सहमहामन्त्रीको महाधिवेशन कार्यतालिका व्यक्तिगत हो

टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech